म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन « Khabarhub

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ ।

धौलागिरि, मालिका, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । मङ्गला गाउँपालिकामा भने मतदान प्रक्रियाबाट गोपाल भट्टचन सभापतिमा निर्वाचित भएका छन् ।

म्याग्दी कांग्रेसका सचिव भरत रकालले बेनी नगर सभापतिमा चक्र केसी, धौलागिरिमा प्रेमप्रसाद पुन, मालिकामा राजेन्द्र जुग्जाली, रघुगङ्गामा निरज भण्डारी र अन्नपूर्ण गाउँपालिका सभापतिमा कृष्णप्रसाद बरुवाल निर्विरोध चयन भए ।

मङ्गला गाउँपालिकाको सभापतिमा प्रतिस्पर्धी मुक्तमान केसीलाई दुई मतले पछि पार्दै भट्टचन निर्वाचित भएका हुन् । भट्टचनले ४१ मत प्राप्त गरेर सभापतिमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी केसीले ३९ मत प्राप्त गरेका थिए ।

६ वटा स्थानीय तह रहेको म्याग्दीका ४५ वटै वडामा सर्वसम्मतिमा नेतृत्व, पदाधिकारी, सदस्य र क्षेत्रीय प्रतिनिधिहरु चयन भएका जिल्ला सचिव रकालले जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ८ : ४३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली