संविधानमा बित्तीय प्रावधानबारे विज्ञहरुसँग छलफल « Khabarhub

संविधानमा बित्तीय प्रावधानबारे विज्ञहरुसँग छलफल


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘नेपालको संविधानमा वित्तीय पारदर्शीता सम्बन्धि प्रावधान र चार्टड एकाउन्टेन्टको भूमिका’ बारेमा शनिबार अन्तरक्रिया हुने गरिने भएको छ ।

चार्टड फाउन्डेसन नेपालको आयोजनामा हुने जुम अन्तरक्रियामा अर्थशास्त्री हरि रोका, राजनीतिक विश्लेषक मुमाराम खनाल तथा करविज्ञ तथा वरिष्ठ चार्टड एकाउन्टेट भवनाथ दाहाल लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ।

संविधान दिवसको अवसरमा गर्न लागिएको यो कार्यक्रममा आइक्यानका उपाध्यक्ष तथा वरिष्ठ चार्टड एकाउन्टेन्ट युद्धराज वली र अर्का वरिष्ठ चार्टड एकाउन्टेन्ट तथा एक्यानका अध्यक्ष आनन्द शर्मा बाग्ले अतिथि वक्ताका रूपमा रहने चार्टड फाउन्डेशन नेपालका अध्यक्ष प्रदीप अर्यालले बताए।

अर्यालका अनुसार शुक्रबार अपरान्ह १ बजेदेखि ३ बजेसम्म जुममार्फत फेसबुक लाईभमा पनि गरिनेछ।

संविधान दिवसको अवसर पारेर वर्तमान संविधानमा विद्यमान वित्तीय पारदर्शीताको विषयमा छलफल गरिने अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ८ : ०२ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले