पत्रकार निर्मला मृत्यु प्रकरण : शंकास्पदलाई नियन्त्रणमा लिएर प्रहरीले थाल्यो अनुसन्धान | Khabarhub Khabarhub

पत्रकार निर्मला मृत्यु प्रकरण : शंकास्पदलाई नियन्त्रणमा लिएर प्रहरीले थाल्यो अनुसन्धान


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली-कैलालीको सुख्खडस्थित कैलाली एफएममा कार्यरत २४ वर्षीया पत्रकार निर्मला पहराईको मृत्यु घटनामा संलग्न भएको आशंकामा केही शंकास्पदलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान जारी राखेको छ ।

गत भदौ ३१ गतेदेखि वेपत्ता भएकी उनी आज वडा नम्वर ५ को सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन ।

उनी मृत अवस्थामा भेटिएपछि घटनाका विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको हो । अनुसन्धानका लागि केही शंकास्पदलाइ नियन्त्रमा लिइएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।

निर्मलाका दाजु विशाल पहराईले आफ्नी बहिनीको आत्महत्या नभइ हत्या भएको भन्दै निस्पक्ष छानविनको माग गरेका छन् । पत्रकार महासंघ कैलाली शाखाले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानविन गर्न माग गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ९ : ४४ बजे

दुई करोड बढीको लगानिमा डेरी व्यवसाय

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज–  डाकाको एक समूहले  सुरुङगा नगरपालिका– ८ को एक घरमा

सुनिताको स्वदेश मोह : कोरियाको कमाइ, दुर्गम गाउँमा व्यवसाय 

सुविधाले भरिएको शहरको बसाइ । दुई लाख बढीको मासिक आम्दानी

चालु आर्थिक वर्षमा पाँच करोड राजस्व संकलन

इनरुवा– सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा

भिजाएर वा अंकुरित, कालो चना यसरी खानुहोस् 

काठमाडौं– जब स्वस्थ आहारको कुरा आउँछ, त्यहाँ केही स्वदेशी सुपरफूडहरू