विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाइँदै « Khabarhub

विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाइँदै


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- संविधान दिवसको अवसरमा भोलि संयुक्त अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाइने भएको छ।

संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै भोलि शनिबार साँझ ८ बजे दुबईस्थित बुर्ज खलिफा र अबुधाबीस्थित एडनोक भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने जनाएको हो ।

दूतावासको अनुरोधमा अघिल्लो वर्ष पनि संविधान दिवसको अवसरमा सो भवनमा पहिलो पटक नेपालको राष्ट्रिय झण्डा झलमलाएको थियो।

सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको बुर्ज खलिफा भवनको उचाई ८२९.८ मिटर छ।

दूतावासद्वारा जारी विज्ञप्ति यस्तो छ

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : १८ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल