सेनाको पृतनापति सम्मेलन सुरू हुँदै   « Khabarhub

सेनाको पृतनापति सम्मेलन सुरू हुँदै  


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले पृतनापति सम्मेलन आज सुरू हुँदैछ ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार सम्मेलनमा देशको शान्तिसुरक्षाका साथै कोभिड-१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुनेछ ।

प्रत्येक छ महिनामा नियमित रुपमा हुँदै आएको सम्मेलन यस पटक तीन दिनसम्म भर्चुअल माध्यमबाट हुनेछ ।

सम्मेलनमा सेनाका आठ पृतनापतिले आ-आफ्ना कार्य क्षेत्रमा भएका  उपलब्धी, चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने प्रवक्ता पौडेलले जानकारी दिए ।

सेनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्य-पृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : ५५ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको