नेपाली सेनाको पृतनापति सम्मेलन सुरु « Khabarhub

नेपाली सेनाको पृतनापति सम्मेलन सुरु


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको पृतनापति सम्मेलन सुरु भएको छ । काठमाडौँमा सुरु भएको सम्मेलन तीन दिनसम्म चल्ने नेपाली सेनाले जनाएको छ ।

सम्मेलनमा कोरोना भाइरस नियन्त्रणमा भएका उपलब्धी र आगामी दिनका रणनीतिबारे छलफल हुने सैनिक प्रवक्ता एवं सहायकरथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए । उनका अनुसार सबै पृतनापतिहरुले आफ्नो क्षेत्रमा भएका कामकारबाहीबारे जानकारी दिनेछन् ।

भर्चुअल माध्यमबाट गरिने उक्त सम्मेलनमा आठ वटै पृतनापतिहरुको उपस्थिति हुने बताइएको छ । इटहरी, धनुषा, हेटौँडा, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा सेनाको पृतना रहेको छ ।

सम्मेलनमा पूर्वी कामू पृतनापति सन्तोष ढकाल, मध्यपूर्वी पृतनापति सुरेश कार्की, मध्य पृतनापति ताराध्वज पाण्डे, उपत्यका पृतनापति आनन्दकुमार अधिकारी, पश्चिम पृतनापति गोकुल भण्डारी, मध्यपश्चिम पृतनापति सञ्जय थापा, उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डे, सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापा लगायत सहभागि रहने प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १२ : ५५ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले