जुगेडामा बेपत्ता असईको शव फेला, जवान अझै बेपत्ता « Khabarhub

जुगेडामा बेपत्ता असईको शव फेला, जवान अझै बेपत्ता


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज असई गोविन्द विकको शव आइतबार बिहान नेपाल–भारतको सीमा नदी मोहनामा फेला परेको छ ।

उनको हत्या गरी शव नदीमा फ्याँकिएको अनुमान गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए ।

गस्तीमा गएका प्रहरीको तस्करसँग झडप भएको हुन सक्ने उनको अनुमान छ । असईसँगै बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउद भने अझै फेला परेका छैनन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

जुगेडा धनगढीनजिकैको नेपाल–भारत सीमा क्षेत्र हो । त्यहाँस्थित अस्थायी प्रहरी चौकीमा कार्यरत १० प्रहरीमध्ये इन्चार्ज विक प्रहरी जवान साउदलाई लिएर शनिबार राति मोटरसाइकलमा सीमा क्षेत्रको गस्तीमा गएको प्रहरीको भनाइ छ ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरीको अत्तरियास्थित सुदूरपश्चिम वाहिनीको गोताखोर टोलीसमेत मोहना नदीमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १ : ५९ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको