ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ « Khabarhub

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका पक्षमा आफ्नो अडान स्पष्ट राखेका छन् ।

बिहीबार सांसद पदको शपथ ग्रहणपछि पत्रकारसँग बोल्दै उनले भ्रष्टाचारविरुद्ध सशक्त रूपमा उभिने प्रतिबद्धता जनाए ।

उनले मुलुकमा विधिको शासन स्थापना गर्न सरकारलाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए।

यसका साथै, वाइडबडी विमान खरिद प्रकरण, एनसेल फोरजी कर विवाद, मेलम्ची खानेपानी आयोजना र सुनकाण्डजस्ता ठूला भ्रष्टाचारका घटनामा निष्पक्ष छानबिन गर्नुपर्नेमा उनले जोड दिए ।

शाहीले यस्ता गम्भीर प्रकरणमा सत्यतथ्य बाहिर ल्याउन आफूहरू सदैव तयार रहेको उल्लेख गरे ।

भ्रष्टाचारविरुद्ध कडा रूपमा उभिने पनि उनले बताएका छन् । सुशासनको पक्षमा दृढ रहँदै भ्रष्टाचारलाई खबरदारी गर्न आफूहरूको भूमिका सक्रिय रहने शाहीले स्पष्ट पारे।

उनले अब देशमा पारदर्शिता, जवाफदेहिता र विधिको शासन कायम गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ३ : ०४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले