जुगेडामा बेपत्ता असईको शव फेला, जवान अझै बेपत्ता « Khabarhub

जुगेडामा बेपत्ता असईको शव फेला, जवान अझै बेपत्ता


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज असई गोविन्द विकको शव आइतबार बिहान नेपाल–भारतको सीमा नदी मोहनामा फेला परेको छ ।

उनको हत्या गरी शव नदीमा फ्याँकिएको अनुमान गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए ।

गस्तीमा गएका प्रहरीको तस्करसँग झडप भएको हुन सक्ने उनको अनुमान छ । असईसँगै बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउद भने अझै फेला परेका छैनन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

जुगेडा धनगढीनजिकैको नेपाल–भारत सीमा क्षेत्र हो । त्यहाँस्थित अस्थायी प्रहरी चौकीमा कार्यरत १० प्रहरीमध्ये इन्चार्ज विक प्रहरी जवान साउदलाई लिएर शनिबार राति मोटरसाइकलमा सीमा क्षेत्रको गस्तीमा गएको प्रहरीको भनाइ छ ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरीको अत्तरियास्थित सुदूरपश्चिम वाहिनीको गोताखोर टोलीसमेत मोहना नदीमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १ : ५९ बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्