कैलालीमा प्रहरीको हत्या, शव मोहना नदीमा भेटियो  « Khabarhub

कैलालीमा प्रहरीको हत्या, शव मोहना नदीमा भेटियो 


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कैलालीमा तस्कर समूहले एक जना प्रहरीको हत्या गरेका छन् ।

गएराति धनगढी उप-महानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या भएको हो ।

उनको शव मोहना नदीमा भेटिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तमराज सुवेदीले उक्त शव असई गोविन्द विकको भएको पुष्टि गरे । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको उनले बताए ।

उनीसँगै ड्युटीमा खटिएका प्रहरी जवान रामबहादुर साउँद भने फेला परेका छैनन् । उनले प्रयोग गर्ने गरेको मोबाइल भने प्रहरीले फेला पारेको छ ।

तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ३ : ५७ बजे

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।