सञ्चारमन्त्री र पत्रकार महासंघका प्रतिनिधिबीच भेट, सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता « Khabarhub

सञ्चारमन्त्री र पत्रकार महासंघका प्रतिनिधिबीच भेट, सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघसहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने बताएका छन्।

मन्त्री निवास पुल्चोकमा महासंघका पदाधिकारीसँग आज भएको भेटमा उनले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून र संरचना निर्माण गरिने बताए ।

मन्त्री गुरुङले प्रेस स्वतन्त्रताको संरक्षण, प्रवर्द्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने स्पष्ट पारे।

महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङलाई सफल कार्यकालका लागि शुभकामना दिँदै सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारबाट हुनुपर्ने पहलबारे धारणा प्रस्तुत गरेका थिए।

कोभिड-१९ पछिको अवस्थामा सरकार, श्रमजीवी पत्रकार र मिडिया सञ्चालकबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने उल्लेख गर्दै महासंघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आमसञ्चार नीति २०७३ अनुरुप कानुन र संरचना निर्माण, सञ्चार क्षेत्रमा पुनःसंरचना गरी सघीयता र समावेशिताको कार्यान्वयन गर्न आग्रह गरेको थियो।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ५ : ३६ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको