साताको पहिलो दिन नेप्सेमा ५ अंकको गिरावट « Khabarhub

साताको पहिलो दिन नेप्सेमा ५ अंकको गिरावट


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो दिन आइतबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ।  अधिकांश समूह गिरावट आउँदा नेप्से परिसूचक ५.६६ अंकले घटेको हो।

कारोबार खुलेदेखि नै घट्न थालेको नेप्से परिसूचक कारोबार बन्द हुने समयमा एक हजार ५५६ अंकमा आएर बन्द भएको छ। यस क्रममा ४३ लाख ५२ हजार कित्ता सेयर किनबेच भई एक अर्ब २५ करोड २७ लाख रूपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका १२ मध्ये व्यापार १३.२ अंक र निर्जीवन बीमा कम्पनी समूह ३१.५८ अंकले सुधार आएको छ। यी दुईबाहेक अन्य १० समूह आज घटेका छन्। त्यसमध्ये विकास बैंक समूह २९.१९ अंकले गिरावट आएको छ।

यस्तै, जीवन बीमा समूह १८.९८ अंक र उत्पादनमूलक समूह १४.४२ अंकले घटेको छ।

परिसूचक घटे पनि आज जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६ रूपैयाँले बढेको छ।

गत साताको बिहीबार नेप्से १.२९ अंकले बढेर १४२ करोड रूपैयाँको कारोबार भएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ५ : ४८ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा