४५ वर्षपछि यो दशैंमा कपडा पाएँ, जुत्ता ६ वर्ष पुरानै : महावीर पुन « Khabarhub

४५ वर्षपछि यो दशैंमा कपडा पाएँ, जुत्ता ६ वर्ष पुरानै : महावीर पुन


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले यो वर्षको दशैंमा आफूले नयाँ कपडा उपहार पाएकोमा खुशी व्यक्त गरेका छन् ।

सम्भवतः ४५ वर्षपछि आफूले दशैंमा नयाँ कपडा पाएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्- ‘सायद ४५ वर्षपछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् ।  पुरानो जडौरी होइन ।’

उनले आफ्नो जिन्दगीको यो दोस्रो नयाँ सुट भएको समेत बताएका छन् । उनले जुत्ता भने ६ वर्ष पुरानो नै भएको जनाएका छन् ।

‘धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनुभएको थियो | अब कचकच गर्ने साथीहरु चुप लाग्नुहोस्’, उनले फेसबुकमा लेखेका छन्,  ‘आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरेँ ।’

उनले दशैंका बेला नयाँ कपडा कहाँबाट आयो भनेर नसोध्न समेत सबैमा आग्रह गरेका छन् । केही महिनापछि यस विषयमा आफैले बताउने समेत जनाएका छन् ।

उनले फेसबुकमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : ४३ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको