धनगढीमा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु « Khabarhub

धनगढीमा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- धनगढी उपमहानगरपालिका २ का ४२ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत असोज १७ गते कोरोना पुष्टि भएपछि होमआइसोलेसनमै रहेका उनको शनिबार राति मृत्यु भएको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी उपाध्यायले बताए ।

उनका अनुसार मुखको क्यान्सरपीडित संक्रमितलाई उपचारका लागि चितवन रिफर गरिएको थियो ।

चितवन मेडिकल कलेजले भर्ना नलिएर बिरामीलाई फिर्ता ल्याइएको थियो ।

नेपाली सेनाको टोलीले आइतबार उनको शव व्यवस्थापन गरेको छ । योसँगै धनगढीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : ४५ बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार