धनगढीमा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु « Khabarhub

धनगढीमा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- धनगढी उपमहानगरपालिका २ का ४२ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत असोज १७ गते कोरोना पुष्टि भएपछि होमआइसोलेसनमै रहेका उनको शनिबार राति मृत्यु भएको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी उपाध्यायले बताए ।

उनका अनुसार मुखको क्यान्सरपीडित संक्रमितलाई उपचारका लागि चितवन रिफर गरिएको थियो ।

चितवन मेडिकल कलेजले भर्ना नलिएर बिरामीलाई फिर्ता ल्याइएको थियो ।

नेपाली सेनाको टोलीले आइतबार उनको शव व्यवस्थापन गरेको छ । योसँगै धनगढीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : ४५ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज