हेल्मेटमा लुकाएर ल्याएको १० लाख रुपैयाँसहित पक्राउ | Khabarhub Khabarhub

हेल्मेटमा लुकाएर ल्याएको १० लाख रुपैयाँसहित पक्राउ


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– रौतहटमा हेल्मेटमा लुकाएर ल्याइएको १० लाख रुपैयाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका ७ बस्ने २० वर्षका दीपक पटेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहटको ईशनाथ नगरपालिका ७ स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको १० लाख रुपैयाँसहित उनलाई पक्राउ गरेको हो ।

ना ५३ प ६२८४ नम्बरको मोटरसाइकलमा भारततर्फबाट नेपालको जयनगर गाउँतर्फ आउँदै गरेको पटेललाई चेकजाँच गर्दा हेल्मेटमा लुकाएर ल्याएको सो रकम बरामद भएको प्रहरीले जनाएको छ।

हेल्मेटमा लुकाएर ल्याइएको एक हजार दरकाा ८ सय वटा गड्डीमा ८ लाख रुपैयाँ र ५ सय दरको ४ सय वटा गड्डीमा २ लाख गरी जम्मा १० लाख स्रोत नखुलेको रकम पटेलको साथबाट बरामद गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ।

रकमसहित पक्राउ परेका युवकलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : ०४ बजे

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार