हेल्मेटमा लुकाएर ल्याएको १० लाख रुपैयाँसहित पक्राउ « Khabarhub

हेल्मेटमा लुकाएर ल्याएको १० लाख रुपैयाँसहित पक्राउ


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– रौतहटमा हेल्मेटमा लुकाएर ल्याइएको १० लाख रुपैयाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका ७ बस्ने २० वर्षका दीपक पटेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहटको ईशनाथ नगरपालिका ७ स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको १० लाख रुपैयाँसहित उनलाई पक्राउ गरेको हो ।

ना ५३ प ६२८४ नम्बरको मोटरसाइकलमा भारततर्फबाट नेपालको जयनगर गाउँतर्फ आउँदै गरेको पटेललाई चेकजाँच गर्दा हेल्मेटमा लुकाएर ल्याएको सो रकम बरामद भएको प्रहरीले जनाएको छ।

हेल्मेटमा लुकाएर ल्याइएको एक हजार दरकाा ८ सय वटा गड्डीमा ८ लाख रुपैयाँ र ५ सय दरको ४ सय वटा गड्डीमा २ लाख गरी जम्मा १० लाख स्रोत नखुलेको रकम पटेलको साथबाट बरामद गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ।

रकमसहित पक्राउ परेका युवकलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : ०४ बजे

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार