यी हुन बिहानै खाली पेटमा लसुन खानुका पाँच फाइदा « Khabarhub

यी हुन बिहानै खाली पेटमा लसुन खानुका पाँच फाइदा


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हाम्रो तरकारी स्वादिलो बनाउन हामी लसुनको प्रयोग त गरिरहेका हुन्छौँ ।

तर, यसलाई औषधिका रुपमा लिन चाहिँ कहिलेकांही भुलिरहेका पनि हुन्छौँ । तर, आयुर्वेदले त लसुनलाई औषधी नै मानेको छ । विहान खाली पेटमा लसुन खाँदा चाहिँ झन् धेरै फाइदा हुन्छन् ।

ती हुन् पाँच फाइदाः

१. उच्च रक्तचापबाट छुटकारा

विहान खाली पेटमा एक पोटी लसुन खाँदा उच्च रक्तचापलाई नियन्त्रणमा लिन सकिन्छ । लसुनले हाम्रो रगतको सर्कुलेसनलाई नियन्त्रणमा राख्न सहयोग गर्छ ।

२. पेटका बिमारी छुमन्तर

लसुन खानाले उच्च रक्तचापबाट छुटकारा पाउने मात्र होइन, पेटसँग जोडिएका समस्याहरु समाधानमा पनि ठूलो सहयोग पुग्छ । त्यसको रोकथामका लागि लसुन अत्यन्त उपयोगी मानिन्छ । पानी उमालेर त्यसमा लसुनको पोटी हालेर खाली पेटमा खाँदा झाडापखालाबाट पनि छुटकारा पाइन्छ ।

३. मुटु हुन्छ स्वस्थ

लसुनले मुटुसँग सम्बन्धित समस्यालाई पनि हटाउँछ । लसुन खानाले हाम्रो रगत जम्ने समस्याबाट छुटकारा मिल्छ र हृदयघात हुने सम्भावना पनि कम हुन्छ ।

४. पाचन प्रणाली हुन्छ बलियो

खाली पेटमा लसुनको पोटी चबाएर खानाले हाम्रो पाचन प्रणालीमा निकै सुधार हुन्छ । यसले भोक नलाग्नेहरुलाई पनि भोक जगाउँछ ।

५. धेरै रोगबाट राख्छ टाढा

लसुन खाली पेटमा खानाले चिसो, खोकी, निमोनिया, ब्रोकाइन्टिसलगायतका समस्याबाट पनि हामीलाई मुक्ति मिल्छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ८ : ४१ बजे

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि