फिफा विश्वकप छनोट : अर्जेन्टिनाको सहज जित « Khabarhub

फिफा विश्वकप छनोट : अर्जेन्टिनाको सहज जित


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले पेरुविरूद्ध सहज जित हात पारेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोलले पराजित गरेको हो ।

पेरुको मैदानमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस गोन्जालेज र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।

खेलको १७औँ मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

२८औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को जित दिलाए ।

जितसँगै अर्जेन्टिनाले ४ खेलमा १० अंक जोड्दै छनोटको दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : ५७ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि