किन हुन्छ एलर्जी, कसरी बच्ने ? | Khabarhub Khabarhub

किन हुन्छ एलर्जी, कसरी बच्ने ?


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हाम्रो शरीरभित्र कुनै पनि बाहिरी तत्वको प्रवेश गर्दा शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिक्रिया देखाउने गर्दछ । जुन छालामा देखिने गर्दछ, यसलाई हामी एलर्जी भन्ने गर्छौं ।

हिजोआज बढ्दो प्रदूषण र धूवाँधूलोका कारण हाम्रो शरीरका छालाहरूमा नकारात्मक असरहरू देखा परेका छन् । जाडो समयमा यसको प्रभाव अझ बढी देखिने चिकित्सकहरु बताउँछन् ।

प्रदूषणको कारण छालामा दाग आउने, डण्डीफोर आउने समस्या दिनानुदिन बढ्दै गएको छ । यसलाई हामी छालाको एलर्जी भन्ने गर्छौं । छाला चिलाउनु, रातो हुनु, दाग देखिने पानीका फोकाहरू आउने हुन्छ । साथै शरीरको छाला निस्केर पनि जान सक्छ । जसका कारण मानिसहरूलाई अनेकौं समस्या आउने गर्दछ ।

बदलिँदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी) एलर्जिक अस्थमा (श्वास) र स्किन एलर्जी, खाद्य पदार्थको एलर्जी हुने गर्दछन् । कतिपय एलर्जीहरू निकै घातक हुने गर्दछन् । विशेषगरी बारुला, कीरा, माकुरा, अरिंगालले टोक्दा पनि शरीर सुन्निने तथा चिलाउने हुन्छ, जसका कारण सास फेर्न गाह्रो हुने, छाती दुख्ने वा पोल्ने समस्या देखा पर्दछ ।

एलर्जीको मुख्य कारण

घरबाट बाहिर निस्किँदा धूलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्छ । त्यसैगरी घरपरिवारमा पाल्ने पाल्तु जनावरहरू कुकुर, बिरालोबाट एलर्जी हुने जोखिम बढी हुन्छ ।

एलर्जीका लक्षणहरू

–शरीरमा डाबर आउनु वा चिलाउनु

–आँखा नाक चिलाउनु

–हाच्छ्युँ आउनु

–सुक्खा खोकी लाग्नु, तर ज्वरो आएजस्तो नहुनु

–सामान्यतया नाक बन्द हुनु, तर नाकबाट पानी नबग्नु

–बारम्बार रुघा लाग्नु

एलर्जीबाट छालालाई कसरी जोगाउने

–ओछ्यान तथा लगाउने कपडा सफा राख्ने

–घरबाट बाहिर निस्किँदा माक्स लगाउने

–कपालमा रंग नलगाउने

–जनावरसँग घेरै नजिक नहुने

–खानेकुरा वा प्रयोगमा आउने कुनै कुराको एलर्जी हुन्छ भने त्यसबाट सावधानी अपनाउने

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ५ : ३४ बजे

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

म्याग्दी– सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

आज ७९औँ जयतु संस्कृतम् दिवस

काठमाडौं– नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम्  दिवस आज (आइतबार)

सभामुख घिमिरे र दलका प्रमुख सचेतकहरुबीच छलफल

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक

भारतको उत्तराखण्ड गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं– भारतको उत्तराखण्डमा पर्ने केदारनाथ धाम पुगेर फर्किएको हेलिकोप्टर दुर्घटना