नेकपा सचिवालय बैठक सुरू, ओली पनि सहभागी « Khabarhub

नेकपा सचिवालय बैठक सुरू, ओली पनि सहभागी


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा १ बजे सुरू भएको बैठकमा प्रथम अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । बैठक सार्ने प्रयास असफल भएपछि ओली पनि बैठकमा सहभागी भएका हुन् ।

सचिवालय बैठककै समयमा मन्त्रिपरिषद बैठक राखेका ओलीले त्यसलाई एक घण्टापछि अपराह्न २ बजेलाई सारेका छन् । सचिवालय बैठकमा सहभागी हुनअघि ओलीले आज पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटका छन् ।

आफूविरूद्ध एक पक्षीयरूपमा राजनीतिक प्रस्ताव छलफलमा पुगेपछि ओली दबाबमा छन् । उनले मंगलबार राति पनि राष्ट्रपति भण्डारीलाई भेटका थिए ।

पार्टी फुट नजिक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार कार्यकारी अध्यक्ष दाहाललाई मिलेर अघि बढ्न सुझाव दिएकी थिइन् ।

नेकपा विवाद बढेपछि चिनियाँ पक्षले पनि त्यसको व्यवस्थापनमा सक्रियता देखाएको छ । चिनियाँ राजदूत होउ यान्छीले मंगलबार नै दुई घण्टा ओलीलाई भेटेकी थिइन् ।

बैठक कुनै मुद्दामा प्रवेश नगरी स्थगन गर्न दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भद्र सहमति भएको स्रोतले जनाएको छ।

मंगलबार राति चिनियाँ राजदूत र आज बिहान राष्ट्रपति भण्डारीसंगको परामर्शपछि प्रधानमन्त्री ओली कुनै पनि कदम नचाल्ने निष्कर्षमा पुगेका हुन् ।

प्रचण्डले पनि तत्कालका लागि  सहमतिको प्रयासमा लाग्ने भन्दै सचिवालय बैठकमा एजेण्डारहित छलफल गर्ने र केही दिन बैठक रोक्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

दुई अध्यक्षको सहमतिमै १ बजे डाकिएको मन्त्रिपरिषद् बैठक २ बजे सारिएको पनि बालुवाटारनिकट स्रोतको दाबी छ ।

हिजोबाट बढेको चिनिया दबाबसँगै दुबै नेता तत्काल अघि नबढ्न राजी भएका हुन् । चिनियाँ राजदूत र दूताबासका कर्मचारीहरु नेकपा कुनै पनि हालतमा बिभाजन हुन नहुने र दुबै पक्षबीच उचित पावर सेयररिङ डिल गरी संकट समाधानमा तयार भएका हुन् । नेकपामा संकट गहिरिदै जाँदा चिनियाँ दबाब बढ्ने गरेको छ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको थियो ।

बहुमत सचिवालय सदस्यको दबाबपछि गत कात्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्धको राजनीतिक प्रस्ताव छलफलमा लगेका छन् । जसमा ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १ : ४० बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो