काठमाडौँ- कास्की र रूपन्देहीका थप दुई संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका–७, रुपन्देही निवासी ४० वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनी ज्वरो र श्वासप्रश्वासमा समस्या आई कात्तिक २६ गते अस्पतालमा भर्ना भएका थिए । उनको कात्तिक २५ गते कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ।
यस्तै पोखरामा पनि थप एक संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजा पुतलीबजार १३ का ४६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।
कार्तिक २५ गते कोरोना संक्रमण पुष्टि भइ प्रतिष्ठानमा उपचाररत उनको बुधबार बिहान १ बजे उपचार कै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
प्रतिक्रिया