११ लाख ६३ हजार रुपैयाँ डाँका मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ « Khabarhub

११ लाख ६३ हजार रुपैयाँ डाँका मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डाँका मुद्दाका फरार आरोपी १६ वर्षपछि पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालयल पशुपतिनगरको समन्वयमा ३९ वर्षीय जगन्नाथ ढकाललाई पक्राउ गरेको हो।

उनी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ नागसोतीका हुन्। २०६४ भदौ ६ गते जिल्ला अदालत काठमाडौंले डाँका मुद्दामा दोषी ठहर्‍याउँदै उनलाई ६ वर्ष कैद र १ लाख ९६ हजार ६५० रूपैयाँ जरिवानाको फैसला सुनाएको छ।

२०६१ असोज ७ गते काठमाडौंको जडिबुटीमा बनेपाबाट बा १६ प ६८३१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका पीडितलाई नियन्त्रणमा लिई जबर्जस्ती भ्यानमा राखेर नगद १० लाख २५ हजार रूपैयाँ, मोटरसाइकल र मोबाइल समेत गरी जम्मा ११,६३,९०० रूपैयाँ बराबरको धनमाल डाँका गरेको घटनामा ढकाललाई उक्त कैद तथा जरिवाना फैसला भएको थियो।

फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मीनभवनले जनाएको छ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ६ : ३२ बजे

रूसमा युक्रेनी आक्रमण : १३ जनाको मृत्यु, ७५ घाइते

एजेन्सी– रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद गर्‍यो

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै