११ लाख ६३ हजार रुपैयाँ डाँका मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

११ लाख ६३ हजार रुपैयाँ डाँका मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डाँका मुद्दाका फरार आरोपी १६ वर्षपछि पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालयल पशुपतिनगरको समन्वयमा ३९ वर्षीय जगन्नाथ ढकाललाई पक्राउ गरेको हो।

उनी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ नागसोतीका हुन्। २०६४ भदौ ६ गते जिल्ला अदालत काठमाडौंले डाँका मुद्दामा दोषी ठहर्‍याउँदै उनलाई ६ वर्ष कैद र १ लाख ९६ हजार ६५० रूपैयाँ जरिवानाको फैसला सुनाएको छ।

२०६१ असोज ७ गते काठमाडौंको जडिबुटीमा बनेपाबाट बा १६ प ६८३१ नम्बरको मोटरसाइकलमा आउँदै गरेका पीडितलाई नियन्त्रणमा लिई जबर्जस्ती भ्यानमा राखेर नगद १० लाख २५ हजार रूपैयाँ, मोटरसाइकल र मोबाइल समेत गरी जम्मा ११,६३,९०० रूपैयाँ बराबरको धनमाल डाँका गरेको घटनामा ढकाललाई उक्त कैद तथा जरिवाना फैसला भएको थियो।

फैसला कार्यान्वयनको लागि उनलाई जिल्ला अदालत काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मीनभवनले जनाएको छ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ६ : ३२ बजे

बजेट खर्चमा सबैभन्दा कमजोर बन्यो उद्योग मन्त्रालय

काठमाडौं– चालु आर्थिक वर्ष ०८१/८२ को बजेट कार्यान्वयनमा सबैभन्दा कमजोर

आहारारा पोखरा गोल्डकप : चर्च ब्वाइज क्वार्टरफाइनलमा

पोखरा – चर्च ब्वाइज युनाइटेडले पोखरामा जारी २४औं आहारारा गोल्डकप

आफूले पढेको विद्यालयलाई खेल मैदान र स्टेज निर्माण

धनकुटा – सेवानिवृत्त बेलायती सेना विश्वासदीप तिगेलाले छथर जोरपाटी गाउँपालिका–१

अध्यादेशबारे देश र जनताको हितमा निर्णय लिन्छौं : जसपा

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले