नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम बढ्यो « Khabarhub

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम बढ्यो


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ ।

तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २३.३२ बिन्दुले उकालो लागेर एक हजार ७४१.८१ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक ०.८० ले ओरालो लागेर ३३८.०९ मा ओर्लेको छ । कूल १९४ कम्पनीको एक करोड १६ लाख ७४ हजार ८७५ कित्ता शेयर रु चार अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ बराबरको कारोवार भएको छ । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर भने उकालो लागेको छ ।

बैंकिङ १.२८, विकास बैंक २०.६ र जलविद्युत् १८.६१ बिन्दुले ओरालो लागेको छ । यस्तै, व्यापार १८१.०८, होटल ३९.६, वित्त ८.४३, निर्जीबन बीमा ३९७.४८, उत्पादन २३५.४५, अन्य २९.९७, लघुवित्त १४.६, जीवन बीमा ५२१.३७ र सामूहिक लगानी कोष ०.१६ ले उकालो लागेको छ ।

कारोवारका आधारमा आज पनि नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३३ करोड ६२ लाख ५९ हजार ९२० बराबरको कारोवार भएको छ ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु ३० करोड ८५ लाख ५१ हजार ६६०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २५ करोड ८४ लाख ९१ हजार २५, शिवम् सिमेन्ट रु २२ करोड ७९ लाख ५४ हजार, एनआइसी एशिया बैंक रु १८ करोड १२ लाख २७ हजार ५७२, प्रभु बैंक रु १६ करोड ५९ लाख ६६ हजार ७८ र शिखर इन्स्योरेन्स रु १६ करोड २६ लाख पाँच हजार ९५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार कारोवार भएका कम्पनीमध्ये ७२ कम्पनीको शेयर उकालो लागेको छ भने ८७ वटाको ओरालो लाग्दा १३ वटाको भने कुनै परिवर्तन भएको छैन । स्टकका अनुसार आज हिमालयन डिस्टिलरी १०, गुर्खाज फाइनान्स १०, बोटलर्स नेपाल तराई ९.९९, विशाल बजार कम्पनी ९.९९, साल्ट ट्रेडिङ कर्पोरेशन ९.९८, शिवम् सिमेन्ट ९.२५, शिखर इन्स्योरेन्स ८.३८ र ओरियन्टल होटलका लगानीकर्ताले ७.७५ प्रतिशतले कमाए ।

त्यस्तै, घलेम्दी हाइड्रो ५.८०, यूनाइटेड मोदी ५.७५, दिव्यश्वरी हाइड्रोपावर ५.६५, सबैको लघुवित्त ५.५८, नेपाल हाइड्रो डेभलपर ५.५३, सिन्धु विकास बैंक ५.११, छ्याङ्दी हाइड्रो ४.७६ र जोशी हाइड्रोपावरका शेयरधनीले ४.६५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ७ : २० बजे

काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाकोको मृत्यु 

काठमाडौं– काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ

गाडी गुड्न यसरी तयार हुँदैछ, गण्डकी र लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क

सुकुम्वासीको उठिबास नगर्न र मानव अधिकारको रक्षा गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंका विभिन्न स्थान र बागमती

माग सम्बोधन नभएको भन्दै मिटरब्याज पीडितको जनकपुरदेखि काठमाडौंसम्म पैदल मार्च

जनकपुर- आफ्ना मागहरू बारम्बार बेवास्ता गरिएको भन्दै मिटरब्याज पीडितहरूले न्यायको माग