पूर्वमन्त्री बाँस्कोटाको ब्यंग्य : ‘ब्याटलग्राउण्ड’ किस्सा ‘कोल्डवार’ तिर, कथाकारलाई सास्ती ! « Khabarhub

पूर्वमन्त्री बाँस्कोटाको ब्यंग्य : ‘ब्याटलग्राउण्ड’ किस्सा ‘कोल्डवार’ तिर, कथाकारलाई सास्ती !


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला पूर्वमन्त्री तथा नेकपा नेता गोकुल बाँस्कोटाले ‘ब्याटलग्राउण्ड’ किस्सा अब ‘कोल्डवार’ कथातिर मोडिने बताएका छन् ।

उनले ट्वीट गर्दै अबका दश दिन कथाकारहरुलाई सास्ती हुने भो भनेर समेत ब्यङ्ग्य गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्- ‘ब्याटलग्राउण्ड किस्सा अब कोल्डवार कथातिर मोडिने छन्, अबका दश दिन कथाकारहरुलाई सास्ती हुने भो।’

आजको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएका आरोपहरुको तथ्यपरक प्रतिवेदन ल्याउने बताएका थिए ।  उनले आफूलाई प्रतिवेदन लेख्न समय लाग्ने बताएका थिए । सोही अनुरुप सचिवालय बैठक दश दिनका लागि स्थगित गरिएको छ ।

सचिवालय बैठक १० दिनका लागि स्थगित भएपछि नेता बाँस्कोटाले समेत सामाजिक सञ्जालमा यस्तो ब्यंग्य गरेका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ७ : ०६ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर