अफगान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न ट्रम्पको निर्देशन | Khabarhub Khabarhub

अफगान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न ट्रम्पको निर्देशन


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति ट्रम्पले सो आदेश दिएको पेन्टागनले जानकारी दिएको छ । पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी महिनाको मध्यसम्ममा कम्तीमा पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न भनेका हुन् ।

अमेरिकाका कार्यबाहक रक्षामन्त्री क्रिस्टोफर मिलरले जनवरी महिनाको मध्यसम्ममा अफगानिस्तानबाट २ हजार ५०० र इराकबाट पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न हालै आदेश दिएको बताएका छन् ।

केही समय अघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आगामी क्रिसमस अघि नै चार हजार ५०० सैनिक फिर्ता गरिसकिने बताएका थिए ।

तर पनि त्यहाँका वरिष्ठ सैनिक र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले भने अहिले नै हतार गरेर अफगानिस्तान र इराकबाट अमेरिकी सैनिकको संख्या कटौती गर्न नहुने अडान राख्दै आएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ८ : १८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’