अध्यक्ष ओलीलाई अर्को प्रस्ताव ल्याउन दिनु एकतातर्फको बाटो अवश्य होइन : मुख्यमन्त्री पोखरेल « Khabarhub

अध्यक्ष ओलीलाई अर्को प्रस्ताव ल्याउन दिनु एकतातर्फको बाटो अवश्य होइन : मुख्यमन्त्री पोखरेल


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा स्थायी समिति सदस्य शंकर पोखरेलले सचिवालय बैठकले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई अर्को प्रस्ताव ल्याउन समय दिनुलाई पार्टी एकताको बाटो मान्न नसकिने बताएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्षलाई अर्को प्रस्ताव ल्याउन समय दिएको भन्दै  समानन्तर दस्तावेजको बाटो एकतातर्फको बाटो नभएको जनाएका छन् ।

‘पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय वैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ । पार्टी एकताले पूर्णता नपाउदै समानन्तर दस्तावेज बाटो एकतातर्फको बाटो अवश्य होइन’, पोखरेलले भनेका छन्,‘१० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरु गम्भीर बन्नुहोस् । अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्नेछ ।’

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : ३१ बजे

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको