विप्लव नेकपाको बन्दले गण्डकीका चार जिल्लामा आंशिक प्रभाव « Khabarhub

विप्लव नेकपाको बन्दले गण्डकीका चार जिल्लामा आंशिक प्रभाव


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित  नेकपाले गण्डकी प्रदेशका चार जिल्लामा गरेको बन्दको आंशिक प्रभाव परेको छ ।

पार्टीका म्याग्दी नेता गजेन्द्र पुन ‘जगत’को शङ्कास्पद मृत्यु भएको भन्दै विप्लव नेकपाले आज पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा बन्द आह्वान गरेको छ।

म्याग्दीको मालिका गाउँपालिका–३ अदिभारा घर भएका पुनलाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । उनको मङ्सिर २९ गते मृत्यु भएको थियो।

पर्वत जेल प्रशासनले पुनको स्वास्थ्यप्रति गम्भीर खेलबाड गरेको तथा उपचारमा लापरबाही गरेको आरोप लगाउँदै आज बन्द गरेको हो । बन्दका कारण ती क्षेत्रमा फाट्टफुट्ट मात्रै सवारी साधन सञ्चालन भएका छन् ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १० : १० बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको