बालविवाह गराउने पक्राउ « Khabarhub

बालविवाह गराउने पक्राउ


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका–३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका–५ का राधा खड्का र बेहुला आश्विन कोइराला र बेहुली गोमा खड्का रहेका छन् ।

गत मङ्सिर १९ गते अभिभावकले नै जिल्लाको कटारी बजारमा लुकीछिपी विवाह गराएपछि प्रहरीमा निवेदन परेका कारण बिहीबार अभिभावकसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

राधा खड्काकी छोरी १६ वर्षीया गोमा खड्का र पुष्प कोइरालाका छोरा २३ वर्षीय आश्विन कोइरालाबीच अभिभावकको उपस्थितिमा लुकीछिपी विवाह भएको प्रहरीले बताएको छ ।

त्यसैगरी भागेर मन्दिरमा गई आफैँले सिन्दुर पोते गरेर बालविवाह गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भागेर आफूखुशी बालविवाह गर्ने जोडी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१६ सुकौराकी १६ वर्षीया खेली कार्की र अर्का उदयपुर गढी गाउँपालिका–६ भुमरेको १८ वर्षीय दुर्गाबहादुर खड्का रहेका छन् ।

दुवै जोडीले गत मङ्सिर २८ मा गाउँकै एक मन्दिरमा गएर विवाह गरेपछि उदयपुर गढीको वडा नं ६ स्थित नेपालटार बजारमा बेहुलाका दिदी सुनिता फुँयालको घरमा लुकीछिपी बस्दै आएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ११ : २० बजे

एक्लिएका कुलमानलाई सजिलो छैन काठमाडौं ३ मा

काठमाडौं- आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो

नेपाली यू–२० महिला टिम र चाइना युनान युथबीच मैत्रीपूर्ण फुटबल खेल

काठमाडौं– नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइना युनान युथ वुमन्स

स्वास्थ्यमन्त्री गौतमद्वारा जीपी कोइराला उपचार केन्द्रको निरीक्षण

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले जिल्लाको शुक्लागण्डकी

समानुपातिकतर्फको मतपत्रको छपाइ सकियो, प्रत्यक्षतर्फको सुरु

काठमाडौं– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 

सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता व्यक्त