मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा  « Khabarhub

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । आसन्न प्रतिनिधिसभा चुनावमा सर्लाही-४ बाट उम्मेदवारी दिएपछि सोमबार निर्वाचन क्षेत्र पुगेर सम्बोधन गर्दै उनले मधेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिएको योगदान र बलिदानलाई सम्मान नपुगेको भन्दै त्यसको कारण र समाधान खोज्न आफू मधेश आएको बताए।

सभापति थापाले आफूले सबैभन्दा धेरै संगत गरेको नेता प्रदीप गिरी रहेको स्मरण गर्दै भने, ‘प्रदीप गिरीले मलाई मधेश बुझ्न सिकाउनुभयो। तर जबसम्म म स्वयं मधेसमा गएर समर्पित हुँदिनँ, मधेशलाई आफूभित्र ल्याउँदिनँ, तबसम्म म पूर्ण नेपाली बन्न सक्दिनँ भन्ने बोध उहाँबाटै पाएँ।’ यही विश्वासका साथ आज आफू मधेस झरेको उनको भनाइ थियो।

मधेसमा अपार सम्भावना हुँदाहुँदै पनि यहाँका धेरै युवाहरू रोजगारीका लागि विदेशिनु परेको यथार्थप्रति चिन्ता व्यक्त गर्दै थापाले यसको उत्तर खोज्न र समाधान गर्न आफू आएको बताए ।

 ‘कुनै समय देशभर गणित र विज्ञान पढाउने शिक्षक मधेशबाटै जानुपर्थ्यो। त्यही मधेस आज किन कमजोर बन्यो भन्ने प्रश्नको उत्तर खोज्न म यहाँ छु,’ उनले भने।

उनले आफू चुनावी प्रतिबद्धता गर्न नभई नेपाली कांग्रेसको जिम्मेवार पदमा रहेर सर्लाहीका मुद्दालाई विशेष प्राथमिकताका साथ अघि बढाउन आएको स्पष्ट पारे । ‘मसँग कार्यक्रम र योजनाहरू छन्। समयसँगै तपाईंहरूसँग साझा गर्छु,’ सभापति थापाले भने ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ६ : ०६ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार