वैदेशिक रोजगारीलाई लाभदायी बनाउन सरकार गम्भीर : मन्त्री राय « Khabarhub

वैदेशिक रोजगारीलाई लाभदायी बनाउन सरकार गम्भीर : मन्त्री राय


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित तथा तुलनात्मकरूपमा बढी लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक अगाडि बढेको बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज शुभकामना दिँदै मन्त्री रायले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक र तिनका परिवारको सुरक्षा, हित र कल्याणलाई सुनिश्चित गर्ने सवालमा देखिएका चुनौतीको सामना गर्दै यसको समुचित व्यवस्थापन गर्न निरन्तर अगाडि बढिरहेको बताए ।

नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानूनी आधार तयार भइसकेको र योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयन भइरहेको उल्लेख गर्दै उनले प्रत्येक वर्ष आन्तरिक श्रम बजारमा प्रवेश गर्ने श्रमशक्तिलाई ध्यानमा राखी रोजगारीका अवसरहरु उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

श्रमको सम्मान गर्दै प्रत्येक कामदारको हकअधिकार रक्षाका लागि श्रम ऐन, २०७४ का साथै योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनमा ल्याइएको उनले बताए । सीपयुक्त जनशक्तिको विकासका लागि समेत तदारुकताका साथ गृहकार्य अगाडि बढाइएको मन्त्री रायको भनाइ छ ।

आप्रवासीमाथि देश, जाति, धर्म, भाषा आदिका आधारमा हुने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घबाट डिसेम्बर १८, १९९० का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित भएको थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा डिसेम्बर १८ का दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको समर्थन गर्दै नेपालले पनि डिसेम्बर १८ का दिन विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १२ : ३५ बजे

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले

चितवनमा हात्तीको वनभोज (तस्बिरहरू)

चितवन– विद्यार्थी, युवा–युवती वा अन्य उमेर समूहका मानिस एकजुट भएर वनभोज

अमेरिका– इरान संवादलाई सहज बनाउन निरन्तर प्रयासरत पाकिस्तान

एजेन्सी– पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन