काठमाडौँको तापक्रम १.६ डिग्री | Khabarhub Khabarhub

काठमाडौँको तापक्रम १.६ डिग्री


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ ।

बिहीबार काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गत वर्ष पुस ३ गते काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री रहेकामा यस वर्ष एक दशमलव छ पुगेको छ । ‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रम घटबढ भइरहेको मौसमविद् वरुण पौडेलले बताए ।

“कुनै पनि मौसमी प्रणाली विकसित नभए काठमाडौँको न्यूनतम तापक्रम अबको दुई–तीन दिन एकदेखि दुई डिग्रीको हाराहारीमै रहन्छ” मौसमविद् पौडेलले भने ।

तापक्रम घटेपछि काठमाडौँ उपत्यकामा बढी चिसो महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव छ डिग्री र अधिकतम तापक्रम १८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस सात दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम नौ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १ : १३ बजे

ठगी प्रकरणमा पक्राउ परे एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन

काठमाडौं- प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिले ठगी गरेको प्रकरणमा मुछिएका

एरिका र प्रशिक्षक श्रेष्ठ नगदसहित सम्मानित

काठमाडौं- नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल

सिरहामा कुटपिटबाट एक महिलाको मृत्यु

सिरहा- सिरहाको लहान नगरपालिका–५, खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी

काठमाडौंमा सिक्री लुट्ने र किन्ने पाँचजना पक्राउ

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री चोरी तथा लुटपाट

प्रहरी परिसर काठमाडौँ तोडफोड गर्ने १५ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँमा तोडफोड गर्ने १५ जना पक्राउ