खानेपानी र स्थानीय पूर्वाधार विभागबीच ‘वास प्लान’ बनाउने सम्झौता « Khabarhub

खानेपानी र स्थानीय पूर्वाधार विभागबीच ‘वास प्लान’ बनाउने सम्झौता


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय पूर्वाधार विभागबीच कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न गाउँपालिकाहरुमा खानेपानी तथा सरसफाईसम्बन्धी तथ्यांक संकलन गरी सरसफाई गुरुयोजना (वास प्लान) बनाउने समझदारी भएको छ ।

खानेपानी विभाग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको निकाय स्थानीय पूर्वाधार विभाग बीच दुवै प्रदेशका गरी २७ वटा गाउँपालिकाहरुमा खानेपानी तथा सरसफाईको दीगो व्यवस्थापन गर्ने उद्देश्यले तथ्यांक संकलन गरी अघि बढ्ने समझदारी भएको छ ।

स्थानीय पूर्वाधार विभागले सञ्चालन गरिरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना अन्तर्गत दुवै प्रदेशका १० वटा जिल्लाहरु अछाम, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, दैलेख, दार्चुला, डोटी, हुम्ला र कैलालीका २७ वटा गाउँपालिकाहरुको खानेपानी तथा सरसफाई सम्बन्धी डाटा संकलन गर्ने सम्बन्धमा शुक्रबार दुवै विभागबीच समझदारी भएको हो ।

खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेको उपस्थितिमा खानेपानी विभागका महानिर्देशक मीना श्रेष्ठ र स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वर मरहट्टाले समझदारी पत्रमा हस्ताक्षर गरे ।

स्थानीय पूर्वाधार विभाग अन्तर्गत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा सञ्चालित स्थानीय तहहरुको संस्थागत क्षमता अभिवृद्धि गर्नका लागि यस किसिमको समझदारी भएको विभागका महानिर्देशक मरहट्टाले बताए।

उनले एनवास (NWASH) एप्स मार्फत सबै स्थानीय तहहरुको तथ्यांक संकलन गरी योजना बनाउने उद्देश्यले अघि सारिएको यस किसिमको कार्यक्रम ज्यादै महत्वपूर्ण हुने बताए । उनले एनवास एप्सको बारेमा जानकारी दिन सबै प्रदेश र स्थानीय तहहरुमा तालिमको व्यवस्था गर्न सके अझ राम्रो हुने सुझाव दिए।

कार्यक्रममा खानेपानी विभागका महानिर्देशक श्रेष्ठले देशैभरि रहेका ७ सय ५३ वटै स्थानीय तहहरुको वास प्लान बनाउने उद्देश्यले यस किसिमको कार्यक्रम अघि बढाईएको जानकारी दिए । सबै स्थानीय तहहरुमा खानेपानी तथा सरसफाईको अवस्था के कस्तो छ भनेर एनवास एप्स बनाइएको र उक्त एप्स मार्फत देश भरिकै तथ्यांक थाहा हुने उनले बताए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ४ : १५ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ