सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो « Khabarhub

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेल टाप कसेका छन् । गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताले होहल्ला गरेपछि मन्त्री पोखरेल टाप कसेका हुन् ।

सहभागी कार्यकर्ताहरुले पार्टीको स्थानीय नेतृत्वसँग समन्वय नगरी एकलौटी रुपमा कार्यक्रम आयोजना गरिएको भन्दै होहल्ला गरेका थिए ।

बाहिरबाट आएका नेताहरुलाई ठूलो सम्मान दिइएको तर स्थानीय नेताहरुलाई आसन ग्रहण समेत नगराइएको उनीहरुले गुनासो पोखेका थिए । त्यसपछि आफू बोल्ने क्रममा चर्को विरोध भएपछि कार्यक्रम बीचमै छाडेर मन्त्री पोखरेल हिँडेका हुन् ।

यता मन्त्री पोखरेलले भने पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित नहुने प्रष्टोक्ति दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखेका छन्, ‘दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौँ।’

उनले कुनै भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको हाम्रो मूल उद्देश्यलाई रोक्न नसक्ने भन्दै सो घटनापछि पनि आफूहरु सिरहास्थित बहिरा बालबालिका पढ्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ७ : ०४ बजे

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,