ओली–प्रचण्ड भेट, सहमति कार्यान्वयनमा जोड « Khabarhub

ओली–प्रचण्ड भेट, सहमति कार्यान्वयनमा जोड


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टीको आन्तरिक विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

स्थायी समिति बैठकको पूर्वसन्ध्यामा भएको दुई अध्यक्षबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुई अध्यक्षहरुबीच भएको सहमति कार्यान्वयनका सन्दर्भमा आजको भेटवार्तामा छलफल बालुवाटार स्रोतले जनाएको छ ।

पुस १ गते स्थायी समिति बैठक बस्नुअघि दुई अध्यक्षबीच संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिने र संसद आव्हानका लागि राष्टपतिसमक्ष समावेदन प्रस्तुत गर्ने विषय फिर्ता गर्नेबारे सहमति भएको थियो ।

प्रचण्ड पक्षले सहमति कार्यान्वयन गर्दै राष्टपति समक्ष समावेदन गरेनन् भने अहिलेसम्म प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने विषयमा पहल गरेको छैन ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ६ : ११ बजे

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका