ओली–प्रचण्ड भेट, सहमति कार्यान्वयनमा जोड « Khabarhub

ओली–प्रचण्ड भेट, सहमति कार्यान्वयनमा जोड


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टीको आन्तरिक विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

स्थायी समिति बैठकको पूर्वसन्ध्यामा भएको दुई अध्यक्षबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुई अध्यक्षहरुबीच भएको सहमति कार्यान्वयनका सन्दर्भमा आजको भेटवार्तामा छलफल बालुवाटार स्रोतले जनाएको छ ।

पुस १ गते स्थायी समिति बैठक बस्नुअघि दुई अध्यक्षबीच संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिने र संसद आव्हानका लागि राष्टपतिसमक्ष समावेदन प्रस्तुत गर्ने विषय फिर्ता गर्नेबारे सहमति भएको थियो ।

प्रचण्ड पक्षले सहमति कार्यान्वयन गर्दै राष्टपति समक्ष समावेदन गरेनन् भने अहिलेसम्म प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने विषयमा पहल गरेको छैन ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ६ : ११ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र