पर्यटन क्षेत्रलाई उकास्न हप्तामा दुई दिन बिदाको प्रस्ताव गरेका हौँ : मन्त्री भट्टराई « Khabarhub

पर्यटन क्षेत्रलाई उकास्न हप्तामा दुई दिन बिदाको प्रस्ताव गरेका हौँ : मन्त्री भट्टराई


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कोरोनाबाट धरासयी बनेको पर्यटन क्षेत्रलाई उकास्न हप्तामा दुई दिन बिदा हुने गरी प्रस्ताव अघि सारिएको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आयोजना गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावीकार्यदिशा’ विषयक कार्यक्रममा उनले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा जोड दिँदै दुई दिने विदाको अवधारणालाई छलफलका लागि अघि सारेको बताएका हुन ।

मन्त्री भट्टराईले घोषणा गरे पनि नगरे पनि सन् २०२१ हाम्रा लागि आन्तरिक पर्यटन वर्ष भएको बताए ।

नेपालको अर्थतन्त्रमा ७० प्रतिशत अर्थात् झण्डै ८० अर्ब विदेशी मुद्रा आर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको सबैभन्दा ठूलो मार परेको उनको भनाइ छ । उनले यस विषयमा सबै पक्षसँग छलफल गरेर मात्र निष्कर्षमा पुग्न सकिने बताए ।

कोभिड १९ को महामारीका सन्दर्भमा सरकारले केही गरेन भनेर आलोचना गर्नेहरुका लागि उनले कुनै पनि देशको साधन, स्रोत कति थियो र त्यसको परिचालन कति भयो भन्ने कोणबाट परिणाम खोज्नु पर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ६ : २९ बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान