धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट « Khabarhub

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष तर्फको विवरण वेबसाइटमा अपडेट गरेको छ।

निर्वाचनको केही दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा उम्मेदवार किशोरी साह कालो सूचीमा परेपछि उक्त क्षेत्रको मतपरिणाम सार्वजनिक भए पनि आयोगले वेबसाइटमा अपडेट गरेको थिएन।

मतगणना गर्दा कालो सूचीमा परेका किशोरी साहको पक्षमा बढी मत आएपछि आयोगले मतपरिणाम घोषणा गर्न ढिलाइ गरेको थियो। स्थानीय र राजनीतिक दलको विवाद पछि कालो सूचीमा नपरेका उम्मेवारमध्ये धेरै मत ल्याउने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृकाप्रसाद यादवलाई आयोगले विजयी भएको प्रमाणपत्र दिएको थियो।

उक्त क्षेत्रमा उम्मेदवारी दिएकार कालो सूचीमा परेका रास्वपा उम्मेदवार साहले दायर गरेको रिटमा सर्वोच्च अदालतले २९ फागुनमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

यो मुद्दाको किनारा नलाग्दै आयोगले विवरण वेबसाइटमा राखेको हो। यो आयोगको निर्णयसँगै प्रत्यक्षतर्फ १६५ सिटकै परिणाम सार्वजनिक भएको छ। समानुपातिकतर्फको मतगणना भइसकेकाले आयोगले आज सिट संख्या सार्वजनिक गर्ने तयारी गरेको छ।

धनुषा–१ मा मातृका यादव १० हजार १०३ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामपटन साहले ९ हजार ५०२ मत पाउनुभएको छ।

एमालेका रामचन्द्र मण्डलले ९ हजार ३१५ मत पाउँदा जनता समाजवादी पार्टीका दीपक कार्कीले चार हजार १४५ मत पाएका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  १२ : १५ बजे

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन