उपभोक्ता ठग्ने पेट्रोल पम्पलाई कारवाही « Khabarhub

उपभोक्ता ठग्ने पेट्रोल पम्पलाई कारवाही


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल गुणस्तर तथा नापतौल कार्यालयले आकाश जोगिनी इन्टरप्राइजेज (पेट्रोल पम्प) सामाखुशीलाई कारवाही गरेको छ । पम्पको सील तोडेर उपभोक्तालाई ठगी गरेको भन्दै कार्यालयले पम्पलाई कारवाही गरेको हो ।

कार्यलयका प्रमुख मनिषकुमार दासले पेट्रोल पम्पमा सील तोडेपछि घटी र बढी बेच्न मिल्ने बनाएर उपभोक्ता ठगी गरेकाले कारवाही गरिएको जानकारी दिनुभयो । कार्यालयले पेट्रोल पम्पको नोजल सिल गर्नुका साथै पेट्रोल तथा डिजेल विक्रिवितरणसमेत रोक लगाएको छ ।

पेट्रोल पम्पका सञ्चालक पुरुषोत्तम मानन्धरले पम्पबाट पेट्रोलियम पदार्थ चुहावट भएपछि नापतौलको टोली बोलाएर परीक्षण गर्दा सील तोडिएको पाइएको जानकारी दिए ।

नापतौल ऐन, २०२५ को दफा ३० (३) मा सील तोडेर उपभोक्ता ठगी गर्नेलाई तीन वर्ष कैद र रु ३० हजार जरिवना गर्ने व्यवस्था रहेको छ । उक्त कार्यालयले चालू आर्थिक वर्षमा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरेको भन्दै दुई हजार ७०८ व्यवसायीलाई कारबाही समेत गरिसकेको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ७ : ५० बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र