ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन « Khabarhub

ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षलाई मध्यनजर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा आज आयोजित सम्बद्ध पक्षसँगको छलफलमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउने तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् ।

“ब्रोकर कमिसन घटाउनका लागि विलम्ब नगर्नुहोस्, प्रो एक्टिभ भएर लाग्नुहोस्” उनले भने । अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र विस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्या समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिए।

उनले पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि निर्देशन दिए ।

अर्थमन्त्रीले ऐन, नियममा सुधार गर्नु पर्ने भए त्यसको तयारी गर्न पनि निर्देशन दिए । बैठकमा अर्थमन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य उपस्थित थिए।

यस्तै, छलफलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना, नेपाल स्टक एक्सचेञ्जका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : ४० बजे

प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा– सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया

सनी देओल अभिनीत ‘बोर्डर २’ को टिजर सार्वजनिक

काठमाडौँ– बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन

जुम्ला– जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिकटन स्याउ

म्यान्मा : चुनाव ‘अवरोध’ आरोपमा सयौँमाथि मुद्दा चलाउने तयारी

एजेन्सी– म्यान्माको सैन्य जुन्ताले बुधबार सेनाद्वारा सञ्चालित आगामी चुनावलाई ‘अवरोध’