विद्युतीय उपकरणमा धेरै रमाउने बालबालिकामा हुनसक्छ यी रोगको खतरा ! | Khabarhub Khabarhub

विद्युतीय उपकरणमा धेरै रमाउने बालबालिकामा हुनसक्छ यी रोगको खतरा !


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय अधिकांश बालबालिकाहरु मोवाइल, ल्यापटप, कम्प्युटर वा ट्याबमा रमाउने गर्दछन् ।

भिडियो हेर्न, गेम खेल्न वा सामाजिक सञ्जालको सहज पहुँचका कारण विद्युतिय उपकरणमा बालबालिकाको मोह बढ्दो छ ।

यसरी मोबाइल लगायतका स्मार्ट उपकरणको अत्यधिक प्रयोग गर्दा बालबालिकाको मस्तिष्कमा असर पर्ने चिकित्सकहरु बताउछन् । यस्ता उपकरणका प्रयोगका कारण बाल मस्तिष्कको बाहिरी पत्र चाँडै पातलिने गर्दछ ।

विद्युतीय स्मार्ट उपकरण नचलाउने बालबालिका तुलनामा चलाउनेहरुमा भाषा र तार्किकता क्षमता कम हुने पाइएको छ ।

दैनिक दुई घण्टाभन्दा बढी समय विद्युतीय उपकरणमा समय व्यतित गर्ने बालबालिकामा विभिन्न रोगहरुको खतरा रहने चिकित्सकहरु बताउँछन् ।

मुख्यतः २ वर्ष भन्दा कम उमेरका बालबालिकाले नियमित स्क्रीनको प्रयोग गरे कालान्तरमा मष्तिकसहित आँखा, बोली र तार्किक क्षमता कम हुने गर्दछ । त्यस्तै दैनिक ३ घण्टा भन्दा बढी समय स्क्रिन हेर्ने बालबालिकामा शाररिक निष्क्रियता पनि हुन सक्छ ।

यस्तोमा उनीहरूको शारीरीक वजनमा वृद्धि भई मोटोपनको शिकार समेत हुनुपर्छ । सानै उमेरमा मोटोपनको शिकार हुने बच्चालाई मधुमेहको खतरा अत्याधिक रहने गर्दछ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ८ : २५ बजे

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम