त्रिपालमुनिबाट सेवा दिँदै छन् मुग्लिनका प्रहरी « Khabarhub

त्रिपालमुनिबाट सेवा दिँदै छन् मुग्लिनका प्रहरी


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सम्झाउन आग्रह गरेका छन् ।

इलाका प्रहरी कार्यालय इच्छाकामना–५ मुग्लिनको भवन शनिबार शिलान्यास गर्दै उनले सङ्गठनभित्र केही कमीकमजोरी हुनसक्ने भन्दै कहीँकतै कमजोरी भए आफ्नै सम्झेर सम्झाउनुपर्ने बताए ।

महानिरीक्षक खनालले भने, ‘सङ्गठनभित्र सबै राम्रो हुन्छ भन्ने हुँदैन, सानातिना केही भए तपाईहरुले आफ्नै सम्झेर पनि यसो गर है भनेर सम्झाउनुपर्छ, नागरिकबाट यस्तो गुनासो आएका छन् है भन्नुपर्छ ।’

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले इच्छाकामना गाउँपालिकामा दुर्गम पहाडी क्षेत्र र व्यस्त राजमार्ग भएकाले जनशक्ति बढाउन र प्रत्येक वडामा प्रहरी एकाइ राख्न माग गरिन ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले देशका समृद्धिका लागि शान्ति सुरक्षा आवश्यक रहेको बताए ।

प्रहरी नायब उपरीक्षक शङ्कर सिलवालले चार कट्ठा छ धुरमा बन्ने उक्त भवन निर्माणका लागि रु छ करोड ५० लाख अनुमान गरिएको र एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको जानकारी दिए ।

प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेत, प्रहरी प्रधान कार्यालय बजेट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाट, जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला, गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको सहभागिता रहेको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत प्रहरी त्रिपालमुनि बस्न बाध्य छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ८ : ५० बजे

स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाडौँ जिल्ला अदालतमा पुगेर रवि लामिछानेले लिए तारिख

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत

पहिरोका कारण विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

मान्म– जिल्लाको नरहरिनाथ गाउँपालिका-३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन

चारपटक म्याथ थपेर कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक

काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न