एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ? « Khabarhub

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा एकसाथ अनेक समस्या देखिएको छ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका उनमा एकसाथ कम्तीमा ५ वटा स्वास्थ्य समस्या देखिएका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे आइतबार जानकारी गराउँदै अस्पताले एकसाथ धेरैवटा समस्या देखिएको जनाएको छ।

अस्पतालका अनुसार ओलीलाई शनिबार मुटुको धड्कन असामान्य (पालापिट्यास्टियोन्स) हुने समस्या देखिएपछि भर्ना गरिएको हो। उनी दुई मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी हुन्।

उनलाई हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, थाइराइडसम्बन्धी समस्या, एट्रियल फिब्रिलेसन (एपीसी) सहितको समस्या पनि स्वास्थ्य परीक्षणबाट देखिएको छ। हाल उपचाररत उनमा पित्तथैलीमा ढुंगा जस्ता समस्या पनि रहेका अस्पतालले जनाएको छ ।

हाल उनको अस्पतालको एनेक्स–१ को बेड नम्बर ५०१ मा चिकित्सकहरूको निगरानीमा रहेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १ : २९ बजे

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित

कोजाग्रत पूर्णिमासँगै दसैँको टीका थाप्ने क्रम अन्तिम चरणमा, उपत्यकामा चहलपहल बढ्यो

काठमाडौँ– आश्विन शुक्ल चतुर्दशी र कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार काठमाडौं

ब्रेक्जिटपछि ईयूसँग सम्बन्ध सुधार्ने विकल्प खोज्दै बेलायत

लन्डन – बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले बेलायत र युरोपेली सङ्घ

बैतडीमा भूकम्पको धक्का

बैतडी– बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प