सौराहा होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा « Khabarhub

सौराहा होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् ।

नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने पर्यटकले सधैँ एउटै पन पाउने हुँदा दोहोर्‍याएर आउन छाडेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायिक वनमा हुने एउटै गतिविधि मात्र हुने भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या विगतका वर्षको सङ्ख्यामा हुन नसकेको बताइएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बजारिकरण र प्रचारप्रसार हुन नसक्दा नयाँ पर्यटक थपिने क्रम पनि घटेको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले नयाँ कार्यक्रम दिन नसक्दा पर्यटक घट्दै गएको बताए । वर्षौंदेखि एउटै गतिविधि मात्र भएकाले पर्यटकको सङ्ख्या बढ्न नसकेको उनले बताए ।

निकुञ्जभित्र हरेक दिन प्रवेश शुल्क लाग्ने, हात्ती प्रवेश गराउन नपाइने, नयाँ गतिविधि गर्न नसकीने हुँदा समस्या उत्पन्न भएको उनको गुनासो छ ।

निकुञ्जलाई पर्यटकले शुल्क बुझाएर पनि हात्ती चढेर सामुदायिक वनमात्र घुम्नुपर्ने बाध्यता छ । जीप सफारी, जङ्गलमा पैदलयात्रा, डुङ्गा सयर, हात्ती र गोही प्रजनन केन्द्रको अवलोकन, थारु सङ्ग्रहालय, थारु संस्कृति अवलोकनमा यहाँका पर्यटक आकर्षण गर्ने क्षेत्र हुन् ।

पहिलोपटक आउने पर्यटकलाई यी गतिविधि आफैँमा रमाइलो हुने भए पनि पुनः आउँदा नयाँ कार्यक्रम खोज्ने भए पनि दिन नसकिएको जनाइएको छ ।

वर्षेनी निकुञ्ज प्रवेशको राजश्व बढ्दै जाँदा पर्यटकको खर्च पनि बढ्दै जाने गरेको छ । खर्च धेरै हुने र नयाँ पन पाउन नसक्ने भए पछि दोहोर्‍याएर पर्यटक आउने क्रम घटेको छ ।

अध्यक्ष भट्टराईले निकुञ्ज बाहिर रात्रिकालीन जीप सफारी, धार्मिक पर्यटकीयस्थलको भ्रमण गराउनेजस्ता नयाँ कार्यक्रम गर्न लागेको बताए ।

व्यापार नभएपछि बैंकको ब्याज र किस्ता तिर्न नसक्दा कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनले गुनसो गरे ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : ०२ बजे

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका

एसईईमा जफत करोड मूल्यका मोबाइल फिर्ता नगरी पानीमा डुबाएर नष्ट !

काठमाडौँ – कार्यालय सिरहाको प्राङ्गणमा स्थानीय जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी

रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट

काठमाडौँ– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

काठमाडौँ – मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

परम्परागत खेती छाडेर सुन्तला बगान, घरमै पुग्छन् ठेकेदार

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य