कपाल प्रत्यारोपण के हो, रोपेको कपाल काट्न मिल्छ ? « Khabarhub

कपाल प्रत्यारोपण के हो, रोपेको कपाल काट्न मिल्छ ?


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

मानिसको व्यक्तित्वमा प्रत्यक्ष असर गर्ने कपाल शरीरलाई स्वस्थ राख्न पनि महत्वपूर्ण छ ।

कपालले मानिसको सौन्दर्य बढाउँछ । तर कतिपय अवस्थामा हेरचाह र स्याहार नपुग्दा कपाल झर्ने र तालु खुइलिने समस्या हुन्छ ।

अधिकांशमा वंशाणुगत कारणले कपाल झरे पनि केहीमा भने कपालमा लगाउने क्रिम, तेल, जेल, रंग र स्ट्रेट गरेका कारणले पनि कपाल झर्दछ । यसरी कपाल झरेको कारण धेरै मानिसहरु चिन्तित रहने गर्दछन् ।

पछिल्लो समय कपाल प्रत्यारोपणप्रति मानिसको मोह बढ्दो छ ।

के हो कपाल प्रत्यारोपण ?

कुनै पनि व्यक्तिको कपाल नभएको स्थानमा कपाल रोप्नुलाई प्रत्यारोपण गर्नु बुझिन्छ । अर्थात टाउकाको अगाडि र बीचको भागमा कपाल नहुँदा टाउको पछाडिको अर्थात् गर्धनको कपाल उखेलेर रोप्नुलाई कपाल प्रत्यारोपण भनिन्छ ।

यस्तोमा गर्धनको कपाल जरा सहित निकालेर कपाल एउटा–एउटा गरेर तालुमा रोपिन्छ । प्रत्यारोपणपछि कोष सक्रिय भएर रोपिएको ठाउँमा कपाल उम्रन थाल्दछ । यसरी रोपिने कपाल उखेलेको ६ घण्टाभित्रै प्रत्यारोपण गरीसक्नु पर्छ अन्यथा कपालको कोष मर्दछ ।

कपाल रोपेको एक सातामा २० प्रतिशतसम्म कपाल आफैं झर्दछ । तर यो कपाल पुनः पलाउँछ । प्रत्यारोपण गरेको तीन महिनामा रोपिएको कपालको मौलिक जरा बनिसक्छ । प्रत्यारोपण गरिएको कपाल जीवनभर रहन्छ ।

यो सामान्य कपालजस्तै बढ्छ र यसलाई सामान्य कपाल झै धुन, तेल लगाउन, कोर्न र काट्न समेत मिल्दछ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : ०७ बजे

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर