यस्तो पो न्याय ! « Khabarhub

यस्तो पो न्याय !


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपटक महाराज रणजीत सिंह हात्तीमा बसेर घुम्नका लागि निस्किए । उनी रमाइलो दृश्यावलोकन गरी बाटामा जाँदै थिए । उनी जाँदै गरेको बाटोको एक ठाउँमा केही केटाले ढुंगा हानेर पाकेको बेल झारिरहेका थिए । उनीहरू जोड–जोडले ढुंगाले हिर्काएर बेल झार्ने प्रयत्न गरिरहेका थिए ।

संयोगले उनीहरूले हानेको एउटा स–सानो ढुंगाले महाराज रणजित सिंहलाई लाग्यो । ढुंगा धेरै ठूलो नभएकाले उनलाई चोट भने लागेन । महाराजलाई ढुंगाले लाग्नासाथ उनको सुरक्षामा खटिएका सिपाहीले ती केटाहरूलाई समातेर महाराज रणजित सिंहका अगाडि पेस गरे ।

महाराज रणजित सिंहले यस विषयमा आफ्ना मन्त्रीको राय जान्न चाहे । मन्त्रीले भने, ‘महाराज, यसरी बाटामा बसेर जथाभावी ढुंगा प्रहार गर्ने दुष्ट केटाहरूलाई कठोर दण्ड दिनुपर्छ । यिनले यसरी रूखमा ढुंगा प्रहार गर्दा अरूलाई नै लाग्न पनि सक्थ्यो, उनीहरू घाइते पनि हुन सक्थे । अहिले महाराज स्वयं पनि झन्डै घाइते हुनुभएको थियो ।’

मन्त्रीसँग सल्लाह लिइसकेपछि महाराजले सोधे, ‘यी केटाहरू के गरिरहेका थिए ?’ ‘सरकार, यिनीहरू रूखमा ढुंगा हानिरहेका थिए,’ सिपाहीले जवाफ दिए । महाराजले फेरि सोधे, ‘रूखमा ढुंगा हानिरहेका थिए रे ! किन ? केका लागि ?’ सिपाहीले फेरि जवाफ दिए, ‘सरकार, यिनीहरू पाकेको बेल झार्न त्यसरी ढुंगा प्रहार गरिरहेका थिए ।’

सिपाहीको कुरा सुनिसकेपछि केही क्षण चुप लागेर महाराज रणजित सिंहले भने, ‘रूखले ढुंगाको चोट खाएर पनि मीठो फल दिन्छ भने म यी कलिला केटाहरूलाई कसरी दण्ड दिऊँ । म मानिस भएर पनि त्यो रूखजति उदार हुन सक्दिनँ र ? यी सीधासाधा बच्चालाई छोडिदेऊ र यिनीहरूलाई पेटभरि फलफूल खुवाऊ । किनकि, यी बिचरा त्यही फल खाना ढुंगा हानिरहेका थिए ।’ महाराज रणजित सिंहको आज्ञाको पालना तुरुन्तै गरियो । पेटभरि फल खान पाएपछि केटाहरू दंग पर्दै आ–आफ्ना घरतिर गए ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ११ : ५७ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी