‘हेरा फेरी ३’ मा फेरि मच्चाउनेछन् सुनिल र परेश र अक्षय कुमारले धमाल « Khabarhub

‘हेरा फेरी ३’ मा फेरि मच्चाउनेछन् सुनिल र परेश र अक्षय कुमारले धमाल


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडको कमेडी ‘हेरा फेरी’ लोकप्रिय फिल्ममध्ये एक हो । अक्षय कुमार, सुनिल सेट्टी र परेश रावलको शीर्ष भूमिका रहेको यो फिल्मलाई दर्शकले खुबै मन पराए ।

फिल्मको तेस्रो भाग बनाउने तयारी भइरहेको छ । लामो समयदेखि चर्चा भए पनि तेस्रो भाग बन्न सकेको छैन । यसअघि दुई भागले भने दर्शकलाई खुबै हँसाएका थिए ।

यसैबीच अभिनेता सुनिल सेट्टीले ‘हेरा फेरी ३’ बन्ने र यो अहिले प्रक्रियामा रहेको बताएका छन् ।

‘यो फिल्म बन्छ, पक्का बन्छ, फिल्ममा हामी तीनकै शीर्ष भूमिका हुनेछ किनकि, हामीलाई पनि चासो छ, केही समस्या थियो तर अब त्यो हटिसकेको छ,’ सुनिलले भने ।

केही समय पहिले यो फिल्ममा अक्षय कुमार नहुने र अक्षयको सट्टामा जोन अब्राहम हुने चर्चा थियो । तर, सुनिलको भनाइअनुसार यो चर्चा पनि गलत साबित भएको छ ।

खबरका अनुसार यो फिल्मलाई प्रियदर्शनले निर्देशन गर्नेछन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १२ : ४० बजे

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै