श्रीमती र छोरासहित त्रिशुलीमा हाम फालेका विनयविरुद्ध ज्यान मार्ने कसुर गरेको मुद्दा | Khabarhub Khabarhub

श्रीमती र छोरासहित त्रिशुलीमा हाम फालेका विनयविरुद्ध ज्यान मार्ने कसुर गरेको मुद्दा


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गजुरी– श्रीमती र २ जना छोरासहित त्रिशुली नदीमा हाम फालेका व्यक्तिविरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाउने भएको छ ।

परिवारसहित त्रिशुली नदीमा हाम फालेर बच्न सफल भएका काठमाडौंको चन्द्रागिरी नगरपालिका थानकोटका विनय लामिछानेले धादिङ प्रहरीले ज्यान सम्बन्धी कसुर गरेको अभियोगमा अनुसन्धान अगाडि बढाउने भएको छ ।

३८ वर्षीय लामिछानेले गत बिहीबार साँझ २८ वर्षीया जमुना तथा २ वर्षीय र ६ महिनाका छोरासहित धादिङको बनीघाट रोराङ गाउँपालिका–१ स्थित झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम फालेका थिए ।

सामूहिक आत्महत्या गर्ने भनेर नदीमा हाम फालेका विनयको जीवितै उद्दार भए पनि उनकी श्रीमती जमुनाको भने शव फेला परेको थियो । उनका २ वर्षीय र ६ महिनाका छोरा भने अझै बेपत्ता छन् ।

प्रहरीले बेपत्ता रहेका २ जना बालकको खोजी भइरहेको जनाएको छ ।

हाल इलाका प्रहरी कार्यालय गजुरीले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गरिएको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) खगेन्द्र बहादुर खड्काले लामिछानेविरुद्ध ज्यान सम्बन्धी कसुर गरेको अभियोगमा अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भइरहेको बताए ।

‘सम्बवतः आज (आइतबार) नै उनीविरुद्ध अनुसन्धानका लागि अदालतले म्याद थप गर्न सक्छ । अहिले उनलाई अदालतमा उपस्थित गराउने काम भइरहेको छ,’ डिएसपी खड्काले खबरहबसँग भने, ‘उनीविरुद्ध ज्यान सम्बन्धी कसुरअन्तर्गत कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान हुन्छ ।’

डिएसपी खड्काका अनुसार लामिछानेले कमोडिटी व्यापारमा करिब डेढ करोड रुपैयाँ घाटा व्यहोरेपछि श्रीमती र छोराहरुसहित सामूहिक आत्महत्या गर्ने निर्णय गर्न पुगेको बयान दिएका छन् ।

‘कमोडिटीको व्यापारका लागि भनेर साथीहरुसँग लिएको डेढ करोड बराबरको ऋण तिर्न नसक्दा आत्महत्या गर्न पुगेको भनेर बयान दिएका छन्,’ डिएसपी खड्काले भने, ‘उनले दिएको बयानअनुसार पनि उनले ज्यानसम्बन्धी कसुर गरेको देखिएकाले हामीले त्यहिअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको छौं ।’

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १ : २४ बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोल्पा– २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने

राजश्व छली गरिएका विद्युतीय उपकरणसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं– राजश्व छली गरिएका अवैध विद्युतीय उपकरण सहित चिनियाँ नागरिक काठमाडौंमहानगरपालिका-३२

विपी राजमार्ग : साउनभर राति १२ घण्टा बन्द हुने

काभ्रेपलाञ्चोक – विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा बिहिबारदेखि एक महिनासम्म राति १२

कपिलवस्तुमा सर्पदंशबाट १४ महिने शिशुको मृत्यु

कृष्णनगर– कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण एक १४ महिने

कर्णालीमा पर्यटकको आगमन बढ्यो

सुर्खेत– कर्णालीमा पर्यटकको आगमन संख्यामा वृद्धि भएको छ । नेपाल