पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना « Khabarhub

पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा जिल्ला आर्थिक गणना कार्यायलको स्थापना गरिएको छ ।

जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको नेतृत्वमा बसेको बैठकले कार्यालय स्थापना गरी काम अगाडि बढाइएको जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीका अधिकारी यज्ञमूर्ति भण्डारीले बताए ।

चैत महिनाभरि गणनाका लागि आन्तरिक तयारी पूरा गरिने उनको भनाइ छ । यसका लागि सात सुपरिवेक्षक र ४८ गणक खटिएका छन् ।

‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ जिल्लाभरि दर्ता भएका र नभएका उद्योग प्रतिष्ठान तथा सानादेखि ठूला व्यवसायीकहाँ पुगेर गणना गरिने छ ।

गणनाका लागि गणकलाई दुई फारम दिइने गणना अधिकारी भण्डारीले बताए । जसमा पहिलो सूचीकरण फारम हुन्छ भने अर्को मुख्य प्रश्नावली फारम हुन्छ ।

कर्मचारी छनोट प्रक्रिया पूरा भएपछि गणनाका लागि खटाइने कर्मचारीलाई प्रशिक्षण दिएपछि वैशाख २ गतेदेखि असार ७ गतेसम्म कार्य क्षेत्रमा पठाइने उनको भनाइ छ ।

अभियान सफल पार्न सरोकारवालासँग जिल्लास्तरीय अन्तरक्रिया र स्थानीय तहसँग सचेतना गोष्ठीलगायत कार्यक्रम गरिने गणना अधिकारी भण्डारीले बताए ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ९ : ४३ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न