रक्सी खाएका युवाबीच कुटाकुट « Khabarhub

रक्सी खाएका युवाबीच कुटाकुट


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- रक्सी सेवन गरेका २ युवा समूहबीच कुटाकुट हुँदा ३ जना घाइते भएका छन् ।

मोरङको धनपालथान गाउँपालिका ४ हरकपुरमा शनिबार राति कुटाकुट भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। कुटाकुटबाट ४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया र २६ वर्षीय किसुन महतो घाइते छन्।

घाइतेमध्ये विसुनदेव र बलरामको चिन्ताजनक अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। किसुन महतोको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।

गाउँमै मदिरा सेवनपछि युवाहरूबीच झगडा भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । सो झगडामा संलग्न धनीराम मुखिया, रामविलास महतो, शंकर महतो, हरिओम महतोलाई प्रहरीले पक्राउ गरेको छ।

धनीराम र हरिओम महतोको समूहबीच ग्याङफाइट भएको थियो। उनीहरूबीच सामान्य भनाभन हुँदै कुटपिट हुन थालेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १ : २७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको